Skip to content

झापाबाट माओवादीको तराई मधेस जागरण अभियान सुरु

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’को उद्घाटन गरेको छ। झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको शुभारम्भ गर्नुभयो।
झापाबाट सुरु भएको यो अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्मका केन्द्रीय नेताहरूसहित प्रदेश, जिल्ला र पालिकास्तरका नेता–कार्यकर्ता सहभागी हुनेछन्। केन्द्रीय टोली एक जिल्लामा एक दिन रहनेछ भने स्थानीय टोली एक महिनासम्म सक्रिय रहनेछ।
गत पुस २१–२३ मा बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सुरु भएको यो अभियानपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान’ सञ्चालन हुने बताइएको छ।
अभियानले प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू समेट्नेछ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर