Skip to content

अखिल क्रान्तिकारीको दाबी – क्याम्पसमा मनोमानी र भ्रष्टाचार अन्त्यका लागि उमेदवारी

पोखरा, चैत २ गते। अखिल क्रान्तिकारी (पिएन क्याम्पस) ले पृथ्वीनारायण क्याम्पसमा व्याप्त अनियमितता, नातावाद, कृपावाद तथा मनोमानीको अन्त्य गर्न आफूहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा उमेदवारी दिएको दाबी गरेको छ।

शुक्रबार क्याम्पस परिसरमा आयोजित उमेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियू अध्यक्ष पदका प्रत्याशी नवीन अधिकारीले क्याम्पसको बेथितिविरुद्ध मतदान गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे। “क्याम्पसमा ९,२६९ मतदाता रहे पनि करिब २,००० मात्र विभिन्न पार्टी निकट विद्यार्थी छन्, बाँकी स्वतन्त्र विद्यार्थी भएकाले सही निर्णय गरेर परिवर्तन सम्भव छ,” अधिकारीले भने।

अधिकारीका अनुसार अखिल क्रान्तिकारीले गण्डकी प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्य गरी विभिन्न संकायका विद्यार्थीहरूलाई रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ। साथै, पृथ्वीनारायण क्याम्पसमा कुनै आधिकारिक गठबन्धन नरहेको स्पष्ट पार्दै, स्ववियूलाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अखिल क्रान्तिकारी गण्डकी प्रदेश उपाध्यक्ष वसन्त भट्टचनले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री प्रचण्डले थालेको अभियानलाई शैक्षिक संस्थामा पनि लागू गर्नुपर्ने धारणा राखे। “१६ वर्षदेखि रकम संकलन गर्दै आएको स्ववियूले अहिलेसम्म समेत पारदर्शिता अपनाएको छैन, अब यसलाई सुधार्नु जरुरी छ,” भट्टचनले गुनासो गरे।

अखिल क्रान्तिकारीकी नेतृ प्रविणा अधिकारीले २०६५ सालमा अखिल क्रान्तिकारीले शैक्षिक गुण्डागर्दीविरुद्ध उठाएको आवाज सम्झाउँदै क्याम्पसमा भइरहेको छात्रवृत्ति मनोपली, नातावाद र कृपावाद अन्त्य गर्न सबै विद्यार्थीहरू एकजुट हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर