Skip to content

कुलमान घिसिङ बर्खास्तीप्रति कांग्रेस महामन्त्री शर्माको असहमति

काठमाडौं, ११ चैत – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति खुलेरै असहमति जनाएका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको यो कदम समयोचित नभएको बताएका छन्। उनले लेखेका छन्, “कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो। कारवाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायाँमा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। यसप्रति खुला र स्पष्ट रूपमा विमति छ।”

उनको अभिव्यक्तिले कांग्रेसभित्रै सरकारको निर्णयप्रति असन्तुष्टि रहेको देखिएको छ। यसअघि, कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि कुलमान घिसिङलाई हटाउने निर्णयप्रति आपत्ति जनाउँदै सरकारको कदमप्रति प्रश्न उठाएका थिए।

सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्ष दलसहित विभिन्न राजनीतिक दल, ऊर्जा क्षेत्रका विज्ञ, र सर्वसाधारणबाट समेत मिश्रित प्रतिक्रिया आइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर