Skip to content

पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई उपचारको लागि दिल्ली जाँदै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए ।

भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् ।अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर