Skip to content

अजिरकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

डिबी तामाङ / गोरखा,चैत्र २३गते। गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा शुक्रबार वडा नं ४ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पालिकाका अध्यक्ष दिपक देवकोटाले स्थानीय सरकार जनताको घरआँगनमै हुने सरकार भएको भन्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखिएको बताए। “हामी सधैं जनताको सेवामा छौं, हामी घुस खाँदैनौं, खान पनि दिँदैनौं,” अध्यक्ष देवकोटाले स्पष्ट पार्नुभयो।

उहाँले हाल गाउँमा बढ्दो बेरोजगारी र बसाइँसराइको समस्याप्रति चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए। किसानहरूलाई ५०% अनुदान तथा सीप र क्षमताअनुसार जो कोही काम गर्न चाहनेलाई गाउँपालिकाले सधैं सहयोग गर्ने विश्वास पनि दिलाउनुभयो।

कार्यक्रममा सहभागी स्थानीयहरूले वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने योजना, कृषिमा बढ्दो यान्त्रीकरणको समस्या, जग्गा वर्गीकरणको अवस्था तथा उपभोक्ता समूहलाई भुक्तानी लिनमा भइरहेको समस्या लगायतका जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूको जवाफ सम्बन्धित शाखा प्रमुखहरूले दिएका थिए।

सुनुवाइ कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष जङ्ग बहादुर गुरुङ, प्रमुख प्रशासनिक अधिकृत रचना बुढाथोकी र गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर