Skip to content

गोरखाको सिरानचोकमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी ‘सामी’ कार्यक्रम लागु

गोरखा, चैत्र ३० गते। नयाँ वर्ष २०८२ सालदेखि गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी ‘सामी’ कार्यक्रम लागू हुने भएको छ। यससँगै गोरखाका आठवटा स्थानीय तहमा यो कार्यक्रम विस्तार भएको छ। यस अघि नै जिल्लाका सातवटा स्थानीय तहमा ‘सामी’ कार्यक्रम सञ्चालनमा रहेको थियो।
गाउँपालिकाका कार्यपालिका सदस्यहरूका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा यो जानकारी गराइएको हो। सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीको इतिहास, वर्तमान अवस्था र यससँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल भएको थियो।
सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक चन्द्रबहादुर देवकोटाले सहजीकरण गरेको उक्त कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, सीप तालिम, निःशुल्क कानुनी सहयोग, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता जस्ता विषयमा जानकारी प्रदान गरिएको थियो। देवकोटाले भने, “सामी कार्यक्रमको मुख्य उद्देश्य नै सुरक्षित वैदेशिक रोजगारीबारे सही सूचना दिई कामदारहरूलाई ठगी र जोखिमबाट बचाउनु हो।” कार्यक्रममा सहभागी सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफ पनि देवकोटाले दिएका थिए।
कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले विभिन्न वित्तीय सेवा प्रदायक संस्थाहरूको सहकार्यमा गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए। उनले भने, “हाम्रा गाउँका नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा अलपत्र नपरुन् र सुरक्षित रूपमा काम गर्न सकुन् भन्ने उद्देश्यले यो कार्यक्रम गाउँपालिकामा लागू गरिएको हो।” गुरुङले सामी कार्यक्रमले मनोसामाजिक परामर्शकर्तामार्फत समुदायस्तरमा मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यसअघि गोरखाका सात स्थानीय तहमा सञ्चालन भइरहेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि सिरानचोक गाउँपालिकामा पनि सुरु भएको हो। यस कार्यक्रमको विस्तारले वैदेशिक रोजगारीमा जान इच्छुक सिरानचोकका नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर