Skip to content

रेडक्रस सोसाइटी हर्मी उपशाखाद्वारा नयाँ वर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

गोरखा,बैशाख २ गते। नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको छ। सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि गुरुङले रेडक्रसलाई एउटा समर्पित सामाजिक संस्था भन्दै सबै नागरिकलाई संस्थासँग जोडिन आग्रह गर्नुभयो। उहाँले विमोचित भित्तेपात्रो केवल पात्रो नभई संस्थाको कार्यदिशा, उद्देश्य तथा पालिकाको नक्साङ्कन समेटिएको महत्वपूर्ण दस्तावेज रहेको उल्लेख गर्नुभयो। साथै, रेडक्रसले गर्दै आएको मानवीय कार्यमा सदैव गाउँपालिका साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि वडा नं. ३ का वडाध्यक्ष श्री जगदीश्वर ढकाले रेडक्रसले विपद् व्यवस्थापन तथा मानवीय सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले कोरोनाको महामारीदेखि डेंगु नियन्त्रणसम्मका प्रयासहरूमा रेडक्रसको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम हर्मी उपशाखाका सभापति श्री धनबहादुर तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री जुम्मदिन मियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी संस्थाका जग्गादाता श्री जीवन ज्योति ढकाल, बुद्धिजीवी श्री जनार्जन ढकाल र हर्मी कृषि सहकारीका अध्यक्ष श्री इन्द्रानन्द ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर