Skip to content

चनौटे–भच्चेक सडक कालोपत्रे हुँदै, अध्यक्ष देवकोटाको चुनावी प्रतिबद्धता कार्यान्वयनको चरणमा

गोरखा,बैशाख ८ गते। गण्डकी प्रदेशअन्तर्गत रहेको चनौटे–भच्चेक सडक अब कालोपत्रे हुने भएको छ। प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन भएसँगै हाल सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ। यससँगै अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाको प्रमुख चुनावी प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

स्थानीय तहको निर्वाचन २०७९ सालमा अध्यक्ष देवकोटाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका थिए। ‘भौतिक पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन। चनौटे–भच्चेक सडक मेरो कार्यकालमै कालोपत्रे बनाउने छु,’ उनले चुनावी सभाहरूमा स्पष्ट रूपमा बताएका थिए।

निर्वाचनपछिका विभिन्न सार्वजनिक कार्यक्रमहरू, गाउँ सभा तथा विकास योजना तय गर्ने बैठकहरूमा पनि उनले यस सडकको महत्त्व उल्लेख गर्दै आएका थिए। हाल ठेक्का प्रक्रिया सुरु भएसँगै यो योजना व्यवहारमा आउन थालेको छ, जसले स्थानीय बासिन्दामा आशा र उत्साह थपेको छ।

सडक कालोपत्रे भएपछि अजिरकोट गाउँपालिकाभित्रको यातायात सुविधा थप सहज हुने विश्वास गरिएको छ। स्थानीय व्यवसाय, पर्यटन र सेवा प्रवाहमा पनि प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर