Skip to content

प्रधानमन्त्री निवासअगाडि नेविसंघको प्रदर्शन, ८ जना नेता पक्राउ

काठमाण्डौं, वैशाख ११ गते। शिक्षकहरूको मागलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएका ८ जना नेविसंघ नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनीहरूले “प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य पारे”, “शिक्षामन्त्रीलाई असहयोग गरेर हटाए”, “शिक्षकका मागप्रति सरकार गम्भीर छैन”, “त्रिविको भिसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोई?”, “शिक्षा ऐन तुरुन्त लागू गर”, “शिक्षामन्त्रीको राजीनामा किन?” जस्ता नाराहरू लेखिएका पम्प्लेट बोकेका थिए।

पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस इकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पसका नेता सुमित भट्टराई, नेपाल ल क्याम्पसका मनिष भट्टराई र आदर्श तिवारी तथा काठमाडौँ स्कुल अफ लका हिमाल विष्ट रहेका छन्।

प्रदर्शनकारीहरूले “प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्यै” भन्दै शिक्षामा देखिएको सरकारी असहयोग र हस्तक्षेपप्रति आपत्ति जनाएका थिए।

यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ भने नेविसंघले आफ्ना नेताहरूको तत्काल रिहाइको माग गर्दै आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर