Skip to content

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुई दाजुभाइको मृत्यु

नवलपुर, वैशाख २७ गते। कावासोती नगरपालिका–११, लोकाहा निवासी एकै परिवारका दुई दाजुभाइको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। शनिबार साँझ रिठेपानी सडक खण्डमा भएको दुर्घटनामा २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाइ सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप पौडेलका अनुसार, लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै थिए। सो क्रममा सवारी चालकले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर