Skip to content

समाजवादी पार्टी नयाँ शक्तिको पोखरा महानगर अधिवेशन सम्पन्न, तिलक तिवारी अध्यक्षमा निर्वाचित

पोखरा, वैशाख २७ गते। समाजवादी पार्टी नयाँ शक्ति (नेसपा) ले आज पोखरामा पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न गरेको छ। रेशम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज एवं गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू टिकाराम पौडेल, दुर्गा गुरुङ, कर्ण गुरुङ र राजेश आलेको उपस्थिति थियो। अधिवेशनले ९ जना पदाधिकारी सहित २५ सदस्यीय महानगर कार्यसमिति गठन गरेको नवनिर्वाचित सचिव विशाल तिमिल्सिनाले जानकारी दिनुभयो।

निर्वाचित पदाधिकारीहरूमा तिलक तिवारी अध्यक्ष, सरिता क्षेत्री र भगवान पहारी उपाध्यक्ष, विशाल तिमिल्सिना सचिव, डा. लक्ष्मण तिमिल्सिना सहसचिव र भुवानी भुगाईं कोषाध्यक्ष रहेका छन्।

नवनिर्वाचित अध्यक्ष तिवारीले पोखरा महानगरका हरेक जनजीविकासँग जोडिएका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै नागरिकप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर