Skip to content

जनतालाई सेवा दिनु सामान्य जस्तो देखिए पनि चुनौतीपूर्ण काम हो” — अध्यक्ष ज्ञानेन्द्र गुरुङ

चितवन, वैशाख २७ गते। सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जनतालाई सेवा दिनु स्थानीय सरकारको मुख्य दायित्व भए पनि त्यो काम सरल नभई अत्यन्तै चुनौतीपूर्ण रहेको बताएका छन्।

रत्ननगर नगरपालिका–७, सौराहास्थित रोयल होटल सफारीमा सम्पन्न ‘कानुनी अधिकार एवं संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम’को समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङले स्थानीय सरकार आफैंले कानुन बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी राखे पनि व्यवहारिक रूपमा विभिन्न समस्या आउने उल्लेख गरे।

“हामी कानुन बनाउने र कार्यान्वयन गर्ने ठाउँमा छौं, तर हामी त्यसभन्दा माथि छैनौं,” अध्यक्ष गुरुङले स्पष्ट पारे। पछिल्ला दिनहरूमा कतिपय स्थानीय तहका प्रमुखहरू कानुनी जटिलतामा परिरहेको प्रसङ्ग जोड्दै उनले भने, “कयौँ वडाध्यक्ष र पालिका अध्यक्षको हातमा हत्कडी लागेको समाचार सार्वजनिक भएका छन्।”

जनताले सिफारिसका लागि आउने क्रमबारे चर्चा गर्दै उनले जनप्रतिनिधिलाई बिना अध्ययन सिफारिस नगरौं भन्ने सुझाव पनि दिए। “हामी जनताको सेवा गर्न आएका हौं, तर सेवा गर्दा गर्दै जेल जानुपर्ने अवस्था नआओस् भन्ने चाहन्छु,” उनले थपे।

कार्यक्रममा अध्यक्ष गुरुङले वडाध्यक्षहरूले संविधानअनुसार ३४ प्रकारका सिफारिस गर्न पाउने व्यवस्था रहेको पनि जानकारी दिए। साथै, आजको वडाध्यक्ष केवल सिफारिस दिने पद नभई कानुन, स्वास्थ्य, इञ्जिनियरिङ, समाजसेवा लगायत विभिन्न क्षेत्रमा सुसज्जित ज्ञान भएको व्यक्ति हुनुपर्ने आवश्यकतामा पनि जोड दिए।

कार्यक्रम सिरानचोक गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको हो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तथा सामाजिक शाखा संयोजक जगदीश्वर ढकाल, वडा नं. ७ का अध्यक्ष राजेन्द्र बाबु ढकाल, कार्यपालिका सदस्य शान्ति कुमाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण अधिवक्ता रामप्रसाद भण्डारी र अधिवक्ता गोमा न्यौपानेले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापन वडा नं. ४ का अध्यक्ष भरत हमालले गर्नुभएको थियो।

#सिराञ्चोक

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर