Skip to content

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

काठमाडौं, जेठ १ गते।  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ। टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत स्वतः निलम्बित भएका हुन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित बस्नेत सञ्चारमन्त्री हुँदा मन्त्रिपरिषद्को स्वीकृति नलिई टेरामक्स परियोजना कार्यान्वयनको निर्देशन दिएको अभियोग लागेको छ। उक्त निर्देशनपछि दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको भन्दै उनीमाथि आरोप लगाइएको हो।

अख्तियारले दायर गरेको मुद्दामा बस्नेतसहित १६ जना प्रतिवादी रहेका छन्। उनीहरूमाथि जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था रहेको छ।

सांसद बस्नेतको निलम्बनबारे सभामुखले प्रतिनिधिसभालाई औपचारिक जानकारी गराउनेछन्। यद्यपि, आजको बैठकमा समय अभावका कारण उक्त सूचना भोलिको बैठकमा प्रस्तुत गरिने संसद सचिवालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर