Skip to content

एनसेलको एप डाउनलोड गर्दा नयाँ ग्राहकलाई एक जीबी डेटा नि:शुल्क!

काठमाडौं। एनसेलका ग्राहकले एपबाटै रिचार्ज र अन्य सेवा संचालन गर्न सक्ने भएका छन्। कम्पनीले सोमबारबाट
एपको नयाँ संस्करण ल्याएपछि रिचार्ज लगायत विभिन्न प्याक संचालन गर्न मिल्ने भएको हो।

कम्पनीले एप डाउनलोड गर्दा नयाँ ग्राहकलाई एक जीबी डेटा नि:शुल्क दिने जनाएको छ। यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। एपबाट अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनायो। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउने कम्पनीले जनायो।ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर