Skip to content

चौरजहारीको जनसभा मध्य पहाडी लोकमार्ग अभियानको विशेष कार्यक्रम : अध्यक्ष प्रचण्ड

रूकुम, जेठ ७ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गतको विशेष कार्यक्रमको रूपमा वर्णन गर्नुभएको छ।

सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई विभिन्न कार्यक्रमहरूपछि मुसिकोट नगरपालिका–५ स्थित सेरी गाउँमा बासको व्यवस्था गरिएको थियो। सेरीमा स्थानीयबासी, पार्टी नेता तथा कार्यकर्ताहरूले फूलमाला र नाराजुलुससहित टोलीलाई स्वागत गरेका थिए।

सेरीमै आयोजित छोटो सम्बोधनमा अध्यक्ष प्रचण्डले रूकुममा प्रवेश गरेदेखि कार्यक्रमहरू उत्साहजनक रहेको बताउनुभयो। उहाँले चौरजहारीको जनसभामा देखिएको सहभागिता र समर्थन उल्लेखनीय भएको बताउँदै, उक्त जनसभालाई अभियानकै एक सशक्त कार्यक्रमको रूपमा औंल्याउनुभयो।

“रूकुमबासीको माया र समर्थनले हामीलाई थप जिम्मेवार बनाएको छ,” प्रचण्डले भन्नुभयो, “अब विकासका योजना र पार्टीको प्राथमिकता रूकुममै केन्द्रित हुनेछ।”

उहाँले पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने पार्टीको योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर