Skip to content

प्रचण्डद्वारा बागलुङमा सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

बागलुङ, जेठ ९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा सहिद परिवार तथा बेपत्ता योद्धाका परिवारहरूलाई सम्मान गर्नुभएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धका क्रममा अपार त्याग र बलिदान गर्ने योद्धाहरूको योगदानको स्मरण गर्दै सहिद परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले सहिद र बेपत्ताका सपना साकार पार्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।जनयुद्धका क्रममा बागलुङ नगरपालिकामा मात्रै राज्य पक्षबाट १६ जना सहिद र २ जना बेपत्ता भएको जनाइएको छ। कार्यक्रममा ती सहिद परिवार तथा बेपत्ता योद्धाका आफन्तलाई सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू, जनप्रतिनिधि र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर