Skip to content

नेपालमा अब ४० लाखलाई खोप दिइँदै

पोखरा।नेपालमा अब ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । सरकारले खोपको व्यवस्था गरेपछि केही समयभित्रै ४० लाख नेपालीले खोप पाउने पक्का भएको हो ।

त्यसपछि अरुलाई पनि खोपको व्यवस्था गर्दै जाने सरकारको तयारी छ । कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।

सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइएको कोरोनाविरुद्धको खोप कोभिसिल्ड । २० लाख मात्रा खोप किनिएकामा पहिलो चरणमा १० लाख ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पुर्‍याइनेछ । अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन् । कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर