Skip to content

रामचन्द्र पौडेल मधेश दौडाहमा

पोखरा। संसद विघटनपछि दुई धार देखिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मधेस यात्रामा निस्किएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको मिति टुंगो लागिसकेको अवस्थामा उनले महाधिवेशनलक्षित मधेस सम्मान यात्रा सुरु गरेका हुन् । पौडेलले कांग्रेसभित्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर पार्टी आन्दोलनमा जानुपर्ने मत राख्दै आएका छन् ।

सुनसरीको धरानमा बीपी कोइरालाको सालिक अनावरण गरेर मधेसतिर लागेका पौडेलले आइतबार सप्तरी प्रेस युनियनको पत्रकार सम्मेलनमार्फत ‘मधेस सम्मान यात्रा’ गर्ने घोषणा गरेका थिए । १३ फागुनसम्म उनले सप्तरी, सिराहा, धनुषा र महोत्तरीका १३ वटा निर्वाचन क्षेत्रमा पुगेर कार्यक्रम गर्दै छन् ।

यसैअनुसार पौडेलले सोमबार सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्ता भेटघाट गरेका छन् । संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा बुझ्न आफूले यात्रा सुरु गरेको बताए । ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका हरेक क्रान्तिमा मधेसको योगदान अतुलनीय छ, म मधेस र उहाँहरूको योगदानको सम्मानका लागि मधेस यात्रामा निस्किएको छु । मुलुकमा संविधान र लोकतन्त्रमाथि आक्रमण भएका वेला मधेसका जनताको धारणा पनि बुझ्नु छ,’ पौडेलले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर