Skip to content

प्रचण्डले गरे गोरखाको नमुना प्रशासकीय भवन उद्घाटन

गोरखा, जेठ १४ गते। गोरखा जिल्लाको शहिदलखन गाउँपालिकामा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय भवनले समग्र जिल्लाका पालिकाहरूबीच नमुना विकासको परिचय दिएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो एक विशेष समारोहबीच भवनको औपचारिक उद्घाटन गरे।

सहिद लखनको प्रशाशकिय भबन उद्घाटन गर्दै प्रचण्ड

कुल ८ करोड ४३ लाख ११ हजार २३७ रुपैयाँको लागतमा निर्मित यस भवनमा संघीय सरकारको पूर्वाधार विकास विभागबाट ३ करोड ४९ लाख २६ हजार, जिल्ला समन्वय समिति गोरखाबाट ७७ लाख र शहिदलखन गाउँपालिकाबाट ४ करोड १६ लाख ८४ हजार ७९७ रुपैयाँ लगानी भएको गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिए।

लिफ्ट सहितको आधुनिक भवन ६४०० वर्ग फिटमा फैलिएको छ र यसमा ५२ वटा कोठाहरू छन्। विशिष्ट पक्षको रूपमा भवनका कोठाहरूलाई साविक गाविस र स्थानीय नदीहरूको नाममा चिनाइएको छ, जसले यसलाई स्थानीय पहिचानसहितको संरचना बनाएको छ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संघियता कार्यान्वयनले गाउँ-गाउँसम्म सेवा पु‍र्‍याएको उल्लेख गरे। उनले भने, “स्थानीय सरकार बलियो बन्नु अहिलेको शासन व्यवस्थाको मूल सार हो। संघीय व्यवस्था नै वैज्ञानिक र जनमुखी शासन प्रणाली हो।”

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद राजेन्द्र बजगाईं, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो।

शहिदलखन गाउँपालिकाको यो प्रशासकीय भवन स्थानीय शासनको प्रभावकारी सेवा प्रवाह र भौतिक पूर्वाधार विकासको दृष्टिले राष्ट्रिय स्तरमै उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर