Skip to content

पोखरामा बढी भाडा असुल्ने InDrive राइडरहरूलाई कारबाही

पोखरा, जेठ १९ गते। InDrive सवारी सेवा प्रयोग गरी यात्रुहरूबाट निर्धारित भन्दा बढी भाडा असुल्ने राइडरहरूमाथि प्रहरीले कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त जानकारीअनुसार, मिति २०८२ साल जेठ १८ गते साँझ करिब ८:०० बजे, InDrive सेवा प्रयोगकर्ताहरूबाट बढी भाडा असुलिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली पोखराका विभिन्न स्थानमा खटिएको थियो।

जाँचका क्रममा बढी भाडा लिएको प्रमाणसहित आठ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको र यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरि छोडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार यात्रुहरूको हकअधिकार संरक्षण गर्न र अनियमितता नियन्त्रण गर्न यस्ता अनुगमन गतिविधि आगामी दिनहरूमा थप कडाइका साथ सञ्चालन गरिनेछ।

यात्रीहरूलाई सेवा दिने नाममा अवैध रुपमा बढी भाडा असुल्ने प्रवृत्तिमाथि कडाइका साथ निगरानी गर्ने प्रतिबद्धता प्रहरी प्रशासनले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर