Skip to content

राजेन्द्रवीर राय : साढे २ अर्ब हिनामिना गर्ने ‘राजनीतिक नटवरलाल’

पोखरा,जेठ १९ गते। कर्णाली विकास बैंक घोटालाका प्रमुख पात्र, पूर्वअध्यक्ष तथा सीईओ राजेन्द्रवीर रायको नाम भ्रष्टाचार र दल परिवर्तन दुवैमा उत्तिकै चर्चित छ। बैंकमार्फत साढे २ अर्ब रुपैयाँ हिनामिना गरेका रायले विगत एक दशकदेखि पैसाको बलमा राजनीतिक दलहरूबाट लगातार उम्मेदवारी लिँदै आएका छन्।

राजेन्द्रवीर रायले करिब १५ वर्ष कर्णाली विकास बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै करोडौं रुपैयाँ अपचलन गरेका थिए। बैंक घोटालाको पर्दाफास भएपछि उनी राजनीतिको शरणमा पुगेका थिए।

पार्टी फेर्ने, पैसामा टिकट किन्ने 

रायले पहिलो पटक २०७० सालको संविधानसभा निर्वाचनमा तमलोपासँगको सानिध्य बनाएर उम्मेदवारी लिए। त्यसपछि २०७४ मा राप्रपाबाट टिकट पाए। त्यहाँबाट पनि पराजित भएपछि २०७९ मा एमालेको ढोका ढकढक्याए र टिकट लिन सफल भए। पछिल्लो समय उनले नागरिक उन्मुक्ति पार्टीबाट राष्ट्रिय सभाको उम्मेदवारी लिए तर फेरि पराजित भए।

पछिल्लो समय उनी माओवादी केन्द्र प्रवेशको प्रयासमा थिए, तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा लिन अस्वीकार गरेको स्रोतले जनाएको छ।

सबै दलका नेताका ‘प्रिय पात्र’

भ्रष्टाचारमा लिप्त र पार्टी बदल्न माहिर रायले विगतमा सबै प्रमुख दलका शीर्ष नेताहरूसँग पैसा खर्चेर समीपता बनाएका थिए। भिम उपाध्यायले सार्वजनिक गरेका विवरण अनुसार, उनले सधैं चुनावी टिकटहरू पैसाको बलमा सुनिश्चित गर्दै आएका थिए।

राजनीतिलाई ‘शरण’ र दलहरूलाई ‘साधन’ बनाएका रायजस्ता पात्रहरूका कारण भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा जनता निराश भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर