Skip to content

महान्यायाधिवक्ता अग्नी खरेलको राजीनामा

काठमाडौ । प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ ।

केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत गरिएको छैन ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालती र सरकारको कानुनी सेटिङका निम्ति कम वरियताको पद महान्यायाधिवक्तामा लगिएको तर त्यस अनुरूप काम गर्न नसकेकोमा अहिले ओली पक्षले उनको हुर्मत लिन खोजेका छन ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले प्रधानमन्त्रीको निर्देश अनुसार काम गर्न नसकेको भन्दै ओली पक्षका व्यक्तिहरूबाट खरेलको आलोचना हुँदै आएको र आफ्नो अन्तरआत्मको आवाजको दबाबका कारण उनले राजीनामा दिएको खरेल निकटको भनाइ रहेको छ ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले दर्शाएको थियो ।झिल्कोबाट साभार

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर