Skip to content

मनोज कुमार ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं,जेठ २२गते। नबिल बैंक लिमिटेडले मनोज कुमार ज्ञवालीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार बिहान सम्पन्न ६८२ औं बैठकले उनलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कायममुकायम सीईओको रूपमा कार्यरत रहेका ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन्। उनले नेपाल राष्ट्र बैंकसहित विभिन्न वाणिज्य बैंकहरूको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उल्लेखनीय अनुभव आर्जन गरेका छन्।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग बैंक तथा पुँजीबजारसम्बन्धी क्षेत्रमा २६ वर्षभन्दा लामो कार्यानुभव छ। उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा काम गरेका छन्।

ज्ञवालीको नेतृत्वमा नबिल बैंकले आगामी दिनमा विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्ने र थप उचाइमा पुग्ने विश्वास गरिएको छ।

यसै बैठकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ। साथै, प्रमुख कानुन विभाग प्रमुख भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर