Skip to content

नेपाली कांग्रेसका प्रभाबशाली नेता अधिकारी माओवादी केन्द्रमा प्रवेश

पोखरा, २७ जेठ। नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ।

आज पोखरा आउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रमकाबीच अधिकारीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभयो।

पार्टी प्रवेशसँगै नेता अधिकारीले माओवादी आन्दोलनको उद्देश्य, विचार र समर्पणप्रति आफू प्रभावित भएको बताउँदै अबको यात्रा जनताको पक्षमा निर्णायक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुरानो पार्टीमा जनचासोका विषयमा गम्भीर बहस हुन नसकेको र नीतिगत स्पष्टता अभाव देखिएको भन्दै वैचारिक निष्ठा र परिवर्तनको पक्षमा माओवादी केन्द्र रोजेको बताउनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अधिकारीको आगमनले स्याङ्जा र गण्डकी प्रदेशमा माओवादी केन्द्र थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर