Skip to content

लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

लेखनाथ, ५ असार । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा ब्यवसायिक व्यूटिसियनहरुका लागि दुई दिने प्रोफेसनल व्यूटि सेमिनार (एड्भान्स मेकअप एण्ड हेयरस्टाईल) तालिम प्रदान गरिएको छ ।

असार ४ र ५ गते संघको कार्यकक्षमा आयोजना गरिएको तालिमा संघमा आवद्ध २३ जना प्रोफेसनल व्यूटिसेनहरुको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा वोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले पछिल्लो समय व्युटिपार्लरको अत्याधिक माग रहेकाले उनिहरुको सिपलाई अझ वढि निखरता दिन र आफ्‌नो व्यवसायलाई अझ बढि टेवा पुग्ने गरि तालिमको आयोजना गरेको बताउदै सिपसँगसगै आय आर्जनमा जोडिनका लागि आग्रह गरेका थिए ।

तालिमका प्रशिक्षक एवं मायाज व्युटिपार्लरका संचालक गिता गिरीले सिकाई जिवनको महत्वपुर्ण पाटो भएको सिपलाई ब्यवसायमा जोडेर आर्य आर्जन वढाउन आगह गरेकी थिईन ।

तालिम समापन समारोहमा सहभागीहरुको तर्फबाट रुपकला श्रेष्ठले तालिम अति फलदायि भएको र यस्ता एड्भान्स तालिमले व्यवसायलाई उत्साह र समयानुसारको परिवर्तनसँगै अगाडि बढ्न मद्दत पुग्ने धारणा राखेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतकाको उपस्थिति रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लले सवै सहभागीलाई व्यवसायीक रुपमा अगाडि बढ्न यस प्रकारको तालिम फलदायी हुने विश्वास राखेकी थिईन ।

संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन भने स्वागत मन्तव्य कार्यक्रम संयोजक ईन्दिरा रोक्काले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर