Skip to content

घरेलु महिलालाई लक्षित गरी आँबुखैरेनी गाउँपालिकाद्वारा रैथाने खाजा र क्यान्डी बनाउने तालिम सम्पन्न

तनहुँ, असार ५ गते। तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को उद्यम विकास शाखा अन्तर्गत घरेलु काममा सीमित महिलाहरूलाई लक्षित गरी आयोजित रैथाने खाजा बनाउने तीन दिने र क्यान्डी बनाउने पाँच दिने तालिम सम्पन्न गरेको छ।

गाउँपालिकाले महिलाहरूको आर्थिक सशक्तीकरण, सीप विकास र स्वरोजगार अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरेको हो। तालिमबाट महिलाहरूलाई आफ्नै सीपको भरमा सानो उद्यम सञ्चालन गर्ने, उत्पादनमा जोड दिने र व्यापारिक क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, र वडा सदस्य गंगा बिसी लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष चुमानले महिलालाई घरभित्र मात्रै सीमित नराखी समाज र आर्थिक क्षेत्रमा बराबरी भूमिका खेल्न सक्षम बनाउने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरिएको बताए।

तालिममा १४ जना भन्दा बढी स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमपछि उनीहरूले आफ्नै उत्पादन व्यवसाय सञ्चालन गर्ने योजना बनाएको जनाइएको छ भने गाउँपालिकाले बजारीकरणका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर