Skip to content

सिरानचोकमा न्यायिक समिति, मेलमिलापकर्ता र प्रहरीबीच चौमासिक छलफल सम्पन्न

डिबि तामाङग/गोरखा असार ६ गते। सिरानचोक गाउँपालिकाले न्यायिक समिति, मेलमिलापकर्ता तथा प्रहरीबीच चौमासिक छलफल कार्यक्रम सम्पन्न गरेको छ। न्यायिक समिति संयोजक रिता देवकोटाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले मेलमिलापकर्ताका लागि अहिले अवसर र चुनौती दुवै रहेको बताए। उनी भन्छन्, “यो तपाईंहरूका लागि अवसर पनि हो र चुनौती पनि हो। गाउँमै बसेर न्यायाधीशको सम्मान प्राप्त गर्नु अवसर हो, तर तपाईंले दिने न्याय कतिको प्रभावकारी हुन्छ, त्यो चुनौति हो।”

गाउँमा विवाद उत्पन्न भएपछि सर्वसाधारण सबैभन्दा पहिले प्रहरीलाई सम्झने तर सबै विवाद प्रहरीबाट सुल्झन नसक्ने उल्लेख गर्दै उनी भन्छन्, न्यायिक समितिबाट न्याय दिलाउन सकिने अवस्था रहेको छ।

प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले न्यायको आवश्यकता जीवनका आधारभूत आवश्यकता जस्तै रहेको बताउँदै भने, “अहिले खाना नखाए पनि मानिस बाँच्न सक्छ, तर न्याय नपाउँदा बाँच्न सक्दैन।” उनले जुनसुकै भूमिकामा रहे पनि जनतालाई न्याय दिन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

कतिपय वडाहरूमा विवादको संख्या कम दर्ता भएको प्रसंग उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले मेलमिलापकर्ताहरूले आफैं पनि समस्या पहिचान गरी न्याय दिने पहल गर्न सक्ने सुझाव दिए।

कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूले आफूहरूले गरेका मिलापपत्र तथा अनुभवहरू एकआपसमा साटासाट गरे। स्थानिय विवाद हुँदा जनताहरू आफूतिर आउने गरेको अनुभव पनि मेलमिलापकर्ताहरूले साझा गरे।

छलफल कार्यक्रममा इलाका प्रहरी कार्यालय जौवारीका इन्चार्ज किरण घिमिरे, विभिन्न वडाका वडा अध्यक्षहरू तथा मेलमिलापकर्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर