Skip to content

पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघ कास्कीको वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा, असार ७ गते। पोखरा इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघ कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको वार्षिक वृक्षारोपण कार्यक्रम यस वर्ष पोखरा–११ स्थित काहुँडाँडामा सम्पन्न भएको छ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, सल्लाहकार, आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरूप्रति अध्यक्ष चिन्तामणि खरेलले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको सहकार्यमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रम संघको वातावरणप्रति उत्तरदायी सोच र समाजप्रतिको समर्पणको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ।

संघले आगामी दिनमा पनि यस्ता समाजोपयोगी गतिविधिमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त कार्यक्रमलाई नेपाल मोबाइल ब्यबसायी महासंघ गण्डकी प्रदेशले पनि सहकार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर