Skip to content

नैतिकताको आधारमा राष्ट्रपति तथा प्रधानमन्त्रीले राजीनाम दिनु पर्छ:पम्फा भुषाल

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले राजीनामा नदिए प्रधानमन्त्री केपी ओलीलाई गलहत्याएर बालुवाटारबाट निकाल्ने चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभा पुर्नस्थापना भएको अवसरमा आफ्नो समूहले बुधबार राजधानीमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याउने बताएकी हुन् । अ‍ोलीले नैतिकता भए प्रतिनिधिसभा पुर्नस्थापना हुनेबित्तिकै मंगलबारै राजीनामा दिनुपर्ने भुसालको भनाइ थियो । ‘मैले त हिजै राजीनामा आउला भनेको सोचेको थिएँ’, भुसालले भनिन्, ‘अलिकति पनि नैतिकता भए सत्तामा बस्न मिल्दैन, राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ ।’

भुसालले प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदममा सहयोगीको भूमिका खेल्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राजीनामा दिनुपर्ने बताइन् । भुसालले राष्ट्रपति विद्यादेवी भण्डारी क्षमा पूजाका लागि पशुपति गएको सुनेको भन्दै प्रतिगामी काम गरेकामा पशुपतिमा नभई जनताका बीचमा क्षमा याचना गर्न राष्ट्रपतिलाई सुझाइन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर