Skip to content

बारपाक सुलिकोट गाउँपालिकाको १७औं गाउँसभाबाट रु ६४ करोड ७३ लाखको बजेट पारित

डि०बि० तामङ/गोरखा, असार १० गते। बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ७३ लाख ४९ हजार रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिकाको १७औं गाउँसभा अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत र अनुमोदन गरिएको हो।

गाउँपालिकाले समावेशी र विकासमुखी दृष्टिकोणका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्दै, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षालगायत विविध क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ।

बजेट व्यवस्थापनको स्रोत विवरण

गाउँपालिकाको कुल बजेट व्यवस्थापन निम्न स्रोतहरूबाट हुने अनुमान गरिएको छः

संघीय सरकारको सशर्त अनुदान : रु २६ करोड ६८ लाख

संघीय सरकारको वित्तीय समानीकरण अनुदान : रु १३ करोड ७८ लाख

समपूरक अनुदान (संघीय) : रु २ करोड ५० लाख

विशेष अनुदान (संघीय) : रु १ करोड ६४ लाख

गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान : रु १ करोड ८५ लाख ६७ हजार

गण्डकी प्रदेश सरकारको समपूरक अनुदान : रु ६० लाख

गण्डकी प्रदेश सरकारको विशेष अनुदान : रु ४० लाख

राजस्व बाँडफाँड : रु १० करोड ८८ लाख ८ हजार

गाउँपालिकाको आन्तरिक आय स्रोत : रु २ करोड ५० लाख

नीति तथा कार्यक्रमको मूलधार

गाउँपालिकाले प्राप्त स्रोतहरूको उच्चतम उपयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार, कृषि उत्पादन वृद्धिदेखि युवालाई स्वरोजगारमुखी बनाउने कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ। बजेटमा समावेश परियोजनाहरू जनजीविकासँग प्रत्यक्ष जोडिने गरी तय गरिएको बताइएको छ।

सभामार्फत पारित बजेटले बारपाक सुलिकोटलाई आर्थिक र सामाजिक रूपान्तरणको दिशामा अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर