Skip to content

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, आजदेखि नयाँ दर लागु

काठमाडौँ, असार १७ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले आज मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, तथा हवाई इन्धनमा नयाँ दर लागू हुने जानकारी दिएको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँको वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले मूल्य बढाइएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनमा समेत उल्लेखनीय वृद्धि गरिएको छ। निगमका अनुसार प्रति किलोलिटर ६० अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ।

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र आपूर्ति लागतका कारण मूल्य समायोजन गरिएको बताएको छ। मूल्यवृद्धिले आम जनजीवनमा थप आर्थिक भार पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर