Skip to content

भरतपुर महानगरपालिकाबाट विपद् सामग्री हस्तान्तरण

चितवन, असार १८ गते । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवनर र ट्राफिक कार्यालय चितवनलाई हस्तान्तरण गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर, हेलमेट १ सय थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान वितरण गरिएको जिन्सी शाखा प्रमुख झलक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै ट्राफिक कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएका सामाग्री खोज तथा उद्दारका छन् । ७ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको बताइएको छ । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर