Skip to content

पाेखराबाट काठमाडौंसम्म इन्टरसिटीको लग्जरी बस सेवा सुरु, ४ करोडको लगानीमा अत्याधुनिक सुविधा

पाेखरा, असार,१९ गते। पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अब अत्याधुनिक सुविधा सम्पन्न लग्जरी बस सेवा सुरु भएको छ। इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लिले काठमाडौं–पोखरा रुटमा सुरु गरेको यस बस सेवाले गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री यात्रा अनुभव दिने दाबी गरेको छ।

पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले  बसको रिबन काटेर उद्घाटन गर्दै व्यवसायीहरू समयसापेक्ष सेवामा नयाँ लगानी र नवप्रवर्तनमा जुटेको बताए। उनले भने, “समयको मागअनुसार प्रविधिसँगै सेवामा सुधार नगर्ने हो भने व्यवसाय पछि पर्न सक्छ।” केसीका अनुसार निकट भविष्यमा मिनिबारसहितका थप प्रविधियुक्त गाडी सञ्चालनको तयारी पनि भइरहेको छ।

४ करोड रुपैयाँको संयुक्त लगानीमा काशीराम न्यौपाने र अमित बहादुर भण्डारी ‘माइला’ले उक्त सेवा सुरु गरेका हुन्। हालका लागि इन्टरसिटीले चारवटा पर्यटक लक्षित लग्जरी बसमार्फत दैनिक काठमाडौं–पोखरा र पोखरा–काठमाडौं सेवा प्रदान गर्नेछ। छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीको लक्ष्य पर्यटक र स्थानीय यात्रु दुवैका लागि सुरक्षित र व्यवस्थित सेवा सुनिश्चित गर्नु हो।

सञ्चालक न्यौपानेका अनुसार, प्रत्येक बसमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र दक्ष चालकको व्यवस्था गरिएको छ। “नियमित मर्मतसम्भार र समयमै सेवा सुरुवातमा हाम्रो विशेष ध्यान छ,” उनले बताए।

नयाँ सुविधासहितको इन्टरसिटी बस सेवा पोखरा–काठमाडौं यात्रुहरूका लागि अबको यात्रालाई झन् सहज, सुरक्षित र आरामदायी बनाउने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर