Skip to content

कास्की पोखरा समाज जापानको कान्साई क्षेत्रीय समिति गठन

कान्साई (जापान), असार २२ गते। जापानमा रहेका कास्की र पोखरावासी नेपालीहरूलाई एकतामा बाँध्ने उद्देश्यले कास्की पोखरा समाज जापान अन्तर्गत कान्साई क्षेत्रीय समिति गठन गरिएको छ।

जुलाई ५, शनिबारका दिन सम्पन्न प्रथम क्षेत्रीय अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा कास्की पोखरा समाज जापान का केन्द्रीय अध्यक्ष कमल बाँस्तोलाको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा समाजका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष सन्देश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाकी प्रमुख संरक्षक अञ्जु भण्डारी विशेष अतिथि रहनुभएको थियो।

समारोहमा स्वागत मन्तव्य कोषाध्यक्ष कुलप्रसाद बास्तोलाले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव जिवन पोखरेल ‘कञ्चन’ले गर्नुभएको थियो। क्षेत्रीय भेलाको संयोजन विष्णु भण्डारीले गर्नुभएको हो।

नवगठित कार्यसमिति:

अध्यक्ष (संयोजक): अग्निराज त्रिपाठी

उप-संयोजक: दुर्गा मरासिनी

महिला संयोजक: अनिता त्रिपाठी

कोषाध्यक्ष: प्रकाश भण्डारी

सह-कोषाध्यक्ष: राजेश कोइराला

सचिव: अभिनय आचार्य

सह-सचिव: सकुनिता परियार

सल्लाहकारहरू:

तेज गुरुङ

तिलक के.सी.

लोकबहादुर विश्वकर्मा

खेलकुद संयोजक:

ईश्वर थापा

नविन जंग के.सी.

सदस्यहरू:

सन्तोष बाबु लामिछाने, बीरबहादुर तामाङ, सुनिता परियार, बसन्त बराल, सुमन सुबेदी, सजना त्रिपाठी, कविराज बराल, सुनिल कोइराला, निरूपा ठकुरी, स्मृति बराल, बसन्त पौडेल, सबिन गुरुङ, अनिल अर्याल, प्रबिना दाहाल, मदन श्रेष्ठ, विनोद आचार्य, सुशील भुजेल, बिक्की गुरुङ, विनिता आचार्य।

नयाँ नेतृत्वले कान्साई क्षेत्रमा बसोबास गर्ने कास्की र पोखरावासी नेपालीहरूबीच आपसी भाइचारा, मेलमिलाप र एकता प्रवर्द्धन गर्दै सामाजिक गतिविधिहरूलाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा कास्केलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर