Skip to content

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गर्‍यो

बाँके,असार २६ गते। बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईमा राप्ती नदीको बाढीले फसेका तीन जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकामध्ये ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्। ती सबै जना स्थानीय बासिन्दा हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बुधबार गाईवस्तु चराउन गएका उनीहरू एक्कासी आएको बाढीका कारण नदीको बीचको टापुमा फसेका थिए। बाढीले चारैतिरबाट घेरेपछि उनीहरू संकटमा परेका थिए।

घटनाको जानकारी प्राप्त लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगञ्ज, बाँकेबाट खटिएको गोताखोरसहितको टोलीले उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर