Skip to content

पोखरा विश्वविद्यालयको १.५४ अर्बको बजेट पारित, त्रिवि सभा विवादमा

काठमाडौँ, असार २६ गते। पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाले आगामी वर्षका लागि १ अर्ब ५४ करोडको बजेट पारित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न नियमावली संशोधनसमेत पारित गरेको हो।

कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउन निर्देशन दिँदै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव रहेको बताए। उपकुलपति डा. वेदराज केसीले विश्वविद्यालयले बजारको मागअनुसारको शिक्षा दिन प्रयासरत रहेको बताए।

यता, त्रिभुवन विश्वविद्यालयको सिनेट सभा शुक्रबार बालुवाटारमा बस्न लागेको छ। तर विद्यार्थी प्रतिनिधिबिनै सभा बोलाइएको भन्दै स्ववियु अध्यक्ष दीपकराज जोशीले आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीको प्रभावमा त्रिवि सञ्चालित भएको आरोप लगाउँदै, सभा तत्काल रोक्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर