Skip to content

दुई प्रतिशत भाग्यमानीले महिला लघु वित्तको आइपिओ पाए

पोखरा। महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार आइपिओ निष्काशन गरेको हो । उक्त कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ३६ हजार ६ सय ८२ जनाको आवेदन सदर भएकोमा ३७ हजार ५ सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आएपिओ माग गर्दै आवेदन दिनेको जम्मा २ प्रतिशत मात्र हो ।

महिला लघु वित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये १ सय ५३ कर्मचारीका लागि ५ हजार कित्ता, र सामूहिक लगानी कोषका लगानीकर्ताका लागि २० हजार कित्ता रु बाँकी सर्वसाधारणलाई छुट्याइएको थियो । यसैबीच आइपिओको नतिजा हेर्न समस्या भएको  छ।सञ्चार माध्यमलाई आइपिओको नतिजा उपलब्ध नगराउने धितोपत्र बोर्डको निर्देशनका कारण यो पटक आवेदकलाई नतिजा हेर्न समस्या भएको हो ।

बोर्डको निर्देशनपछि शेयर निष्काशनकर्ता कम्पनी, शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइट वा मेरो शेयरको एप्सबाट मात्र नतिजा हेर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर