Skip to content

प्रचण्डको पिएसओ फेरिए, सुरक्षा कमाण्डमा डीएसपी दिपक सुवेदी

काठमाडौं, २ साउन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले हालै उनलाई सुरक्षा दिने जिम्मेवारी डीएसपी दिपक सुवेदीलाई दिएको छ।

डीएसपी सुवेदी यसअघि नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कार्यरत थिए। अबदेखि उनले प्रचण्डको निजी सुरक्षाको नेतृत्व सम्हाल्नेछन्।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरीले जनाएको छ। उनी २०७९ सालको साउनमा प्रचण्डको पिएसओको रूपमा खटिएका थिए। लगभग तीन वर्षपछि उनी सरुवा भएका हुन्।

स्रोतका अनुसार यो नियमित सुरक्षा व्यवस्थापन प्रक्रिया अन्तर्गत गरिएको परिवर्तन हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर