Skip to content

नेपाल–चीन दौत्य सम्बन्धको ७०औं वार्षिकोत्सव सन्दर्भमा कलाकारबीच सहकार्य : कला र संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं, २ साउन। नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव नजिकिँदै गर्दा दुई देशका कलाकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले नेपाल चीन प्रतिष्ठान र नेपाल व्यवसायी कलाकार संघबीच सहकार्य भएको छ।

संघको कार्यालय बागबजारमा बिहीबार आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल चीन प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझा र नेपाल व्यवसायी कलाकार संघका अध्यक्ष प्रेमलाल श्रेष्ठले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले नेपाली कलाकारको प्रतिभा चीनमा परिचय गराउने कार्यमा प्रतिष्ठानले अग्रसर भूमिका खेल्ने बताए। “कला र संस्कृतिको विकासका लागि आवश्यक अनुसन्धान, योजना र कार्यान्वयन दुबै संस्थाले संयुक्त रुपमा अघि बढाउनेछौं,” ओझाले भने, “चिनियाँ कलाकारलाई पनि नेपालसँग परिचित गराउने अभियानलाई समेत तीव्र बनाउनेछौं।”

उक्त सहकार्यमार्फत नेपाली र चिनियाँ कलाकारबीच आपसी सहकार्यलाई विस्तार गर्दै सदियौं पुरानो नेपाल–चीन जनसम्बन्धलाई सांस्कृतिक माध्यमबाट नयाँ उचाइमा पुर्‍याउने प्रण गरिएको आयोजकहरूले जनाएका छन्।

संघका अध्यक्ष श्रेष्ठले सहकार्यले दुई देशका कलाकारबीचको समझदारी र आत्मीयता अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले यस किसिमको सांस्कृतिक सहकार्यले केवल कला र संस्कृतिको विकास मात्रै होइन, दुई देशबीचको मैत्री सम्बन्धलाई समेत बलियो बनाउने बताए।

नेपाल चीन प्रतिष्ठान सन् २००६ मा र नेपाल व्यवसायी कलाकार संघ सन् १९९५ मा स्थापना भएका हुन्। दुबै संस्थाले विगतदेखि नै कला र संस्कृति प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर