Skip to content

यो बर्ष एनसेलले १२ अर्ब गुमायो!

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी १२ अर्ब २३ करोड ३० लाख रुपैयाँले घटेको छ । कम्पनीले सन् २०१९ को तुलनामा सन् २०२० मा उक्त आम्दानी गुमाएको हो ।

एनसेलको प्यारेन्ट कम्पनीले बिहीबार मात्र सन् २०२० को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार सन् २०१९ मा ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० को वर्षमा ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

यससँगै पछिल्ला पाँच वर्षदेखि लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । सन् २०१६ मा ५८ अर्ब ६५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा क्रमशः ५८ अर्ब ५ करोड ४० लाख रुपैयाँ र ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस हिसाबले कम्पनीको यस वर्षको आम्दानीको गिरावट अहिलेसम्मकै ठूलो हो । कम्पनीले सन् २०२० को चौथो त्रैमासिक अवधिमा मात्रै २ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आम्दानी घटेको छ ।

सन् २०१९ को अन्तिम तीन महिनामा १२ अर्ब ७२ करोड ७० लाख आम्दानी गरेको कम्पनीले सन् २०२० को सोही अवधिमा केवल १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

ओटीटी सेवाहरुको प्रयोग बढेसँगै भ्वाइस सेवाको प्रयोग घटेका कारण कम्पनीले लगातार रुपमा आम्दानी गुमाउँदै गएको हो । अहिले पनि कम्पनीको कूल आयमा ७६ प्रतिशत योगदान भ्वाइस सेवाकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर