Skip to content

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

पोखरा, ३ साउन। पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले शनिबार पोखरा–२७, तालचोकस्थित होटल सेभेन अन्डरमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, आजीवन तथा साधारण सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका सल्लाहकार पुष्पराज त्रिपाठीलाई स्कूल व्यवस्थापन समिति र लायन्स क्लबको अध्यक्षमा निर्वाचित भएकामा बधाई दिइ सम्मान गरिएको थियो ।

बिजयपुरदेखि गगनगौंडासम्मका क्रियाशील व्यवसायीहरूलाई समेट्दै गरिएको कार्यक्रममा व्यवसायीहरूको समस्या, समाधानका उपाय र आगामी योजना साझा गरिएको थियो ।

बैठकले चाडपर्व लक्षित उपहार कूपन कार्यक्रम साउन १५ देखि भदौ १ सम्म लागू गर्ने र राहतकोष स्थापना प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।

अध्यक्ष खरेलले सम्पूर्ण व्यवसायीहरूलाई एकताबद्ध गराउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर