Skip to content

शेयरबजारमा रातोबत्ती, नेप्से करिब ८० अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिनमै शेयरबजारमा पहिरो जान थालेपछि सेलिङ्ग प्रेस बढ्न गई नेप्से परिसूचक करिब ८० अंकले घट्न पुगेको छ ।

शेयरबजारमा पहिरो गएपनि सस्तोमा शेयर उठाउन खोज्नेपनि सक्रिय हुँदा कारोबार रकममा भने सुधार देखिएको छ।हिजो २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

हिजो कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्से करिब ८० अंक ओरालो लाग्दा चन्द्रागिरी हिल्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ७ प्रतिशत घटेको छ।

पछिल्लो समय देशमा विद्यमान राजनैतिक संकट केही दिन लम्बिएर निकास ननिस्कने अनुमान गर्दै लगानीकर्ताहरु वाहिरिन खोज्दा शेयरबजार नकरात्मक बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर