Skip to content

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”

काठमाडौं, २७ साउन ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याउन आह्वान गरेका छन्।

देश–विदेशमा रहेका सम्पूर्ण युवाप्रति शुभकामना व्यक्त गर्दै उनले गरिबी, असमानता, जलवायु संकटजस्ता चुनौती पार गरेर दिगो विकास र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा युवाको पहल निर्णायक हुने विश्वास व्यक्त गरे।

प्रचण्डले आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अनुभवसहित ऐतिहासिक जनयुद्धको नेतृत्व गरेको स्मरण गरे। “हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो। माओवादी केन्द्र नै देशको एक मात्र पार्टी हो जसले सबै संरचनामा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ,” उनले भने।

उनका अनुसार माओवादी नेतृत्वका सरकारहरूले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन महत्वपूर्ण पहल गरेका थिए।

युवा स्वरोजगार कोष मार्फत कृषि, उत्पादन र सेवा क्षेत्रमा हजारौँ रोजगारी सिर्जना

राष्ट्रिय युवा परिषद् गठन गरी नीतिगत अधिकार र संस्थागत सहभागिता सुनिश्चित

युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत सीप, तालिम र लगानी पहुँच विस्तार

स्टार्टअप प्रोत्साहन अभियान र रिटर्नी उद्यमी कार्यक्रम सुरु गरेर नवप्रवर्तन र स्वदेशमै रोजगारी प्रवर्द्धनतर, उनले दुःख व्यक्त गर्दै भने— “म पछिका सरकारले यी कार्यक्रमलाई निरन्तरता दिएनन्।”

अन्त्यमा प्रचण्डले जोड दिए
“युवाहरू भविष्यको मात्र नभई वर्तमानकै निर्णायक शक्ति हुन्। आफ्नो सीप, ऊर्जा र विचारलाई जनताको पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ। परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ।”

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर