Skip to content

नेशनल लाइफको ‘रिडिफाइनिङ सक्सेस’ ब्रान्च मेनेजर्स सम्मेलन सम्पन्न

काठमाडौं, २७ साउन। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “रिडिफाइनिङ सक्सेस” भन्ने नारासहित ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलको दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न सम्मेलनमा देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसहित १५० भन्दा बढीको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दक्षता र मेहनतका साथ लक्ष्य हासिल गर्ने सबै शाखा र कर्मचारीलाई बधाई दिँदै आगामी वर्ष थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन्।

सम्मेलनमा चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकाससम्बन्धी उत्प्रेरणा तालिम प्रदान गरे भने नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरणबारे सचेतना प्रशिक्षण दिए।

आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शाखाहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको सम्मेलनमा सांगीतिक प्रस्तुति, टग अफ वार, फुटसल जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर