Skip to content

खड्ग वली सधैं गडबड र षडयन्त्र मात्रै गर्छन्:प्रचण्ड

काठमाडौँ।नेकपाका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले ओलीले नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्चले हराइदिएको छ, अर अझ बलियो भयौँ भनेर हिँडिरहनु भएको छ, कसरी बलियो भइयो ?’ उनले भने, ‘राजीनामा दिनु कता हो कता, अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र ?’

प्रधानमन्त्री ओलीले देखाइदिन्छु भनेको संकटकाल लगाउँछु भन्ने खोजेको हो कि भन्दै दाहालले भने, ‘उहाँ त अहिले पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक रुपमा उहाँको प्रतिगमनलाई सर्वोच्चले खारेज गरेपछि उहाँ प्रधानमन्त्री पदमा एक क्षण बस्न लायक पनि हुनुहुन्न ।’

ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप लगाउँदै दाहालले भने, ‘प्रतिक्रियावादीहरु षड्यन्त्र गर्छन्, सफल हुँदैनन्, फेरि बेइमानी, षड्यन्त्र गर्छन् सफल हुँदैनन् । जबसम्म पतन हुँदैनन् तबसम्म षड्यन्त्र र गडबड गर्छन् । केपी ओली पनि यही बाटोमा हिँडेका छन् । ओली प्रतिक्रियावादी पात्रको एउटा रुप हो ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर