Skip to content

कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान

टोकियो, १ भदौ । कास्की पोखरा समाज जापानले आइतबार एक भव्य बधाई तथा सम्मान समारोहको आयोजना गरी हालै सम्पन्न एनआरएनए जापान (२०२५–२०२७) कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुलाई औपचारिक सम्मान गरेको छ ।

एनआरएनए आईसिसिका उपाध्यक्ष रोविन शेरचनज्यू प्रमुख आतिथ्य रहनुभएको उक्त कार्यक्रममा, नवनिर्वाचित अध्यक्ष सुभास लामिछानेले सम्बोधन गर्दै जापानमा रहेका नेपाली समुदायको साझा हित र समृद्ध भविष्यका लागि सबै संघसंस्थाबीच सहकार्य र सहयात्रा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले संस्थागत एकता र सहकार्यलाई आफूले पहिलो प्राथमिकता दिने स्पष्ट प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रम कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव जीवन पोख्रेल ‘कन्चन’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले प्रवासमा नेपाली समुदायको पहिचान, गौरव र अधिकार सुनिश्चिततामा यस्ता संस्थागत एकताले महत्वपूर्ण योगदान पुर्‍याउनेमा जोड दिनुभयो । साथै, कास्की पोखरा समाज जापानले सञ्चालन गर्दै आएका सामाजिक, साहित्यिक र सांस्कृतिक अभियानलाई अझ सशक्त पार्दै कास्की–पोखराको पहिचानलाई जापानसहित विश्वभर उजागर गर्नुपर्नेमा पनि वक्ताहरू एकमत देखिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर