Skip to content

भरतपुरमा ८ वर्षमा १ हजार ६५ किलोमिटर सडक कालोपत्रे

चितवन,२ भदौ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ।
भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ । यी सडकहरू ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक सङ्घ र प्रदेश सरकारमार्फत करिब २०० किमि सडक थप बनेका छन्।
महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे गरिएको थियो। दोस्रो कार्यकालका ३ वर्षमा थप ४४२ किमि सडक बनेको छ । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमि भन्दा बढी सडक बन्ने छ ।
‘विकासको पहिलो आधार सडक नै हो, उहाँले भन्नुभयो,‘कतिपयले कालोपत्रे गरेर विकास होइन भनेको सुनिन्छ । सडकले नै अन्य विकासलाई जोड्छ । समयको बचत हुन्छ । ट्रान्सपोर्टेसनमा लाग्ने लागत घटेर जान्छ । सबै क्षेत्रलाई सहज बनाउँछ ।’
महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यकरण गर्ने नीति लिएको छ । निर्माण भएका सडकको दाँया–बाँया वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग पहलमा निर्माण भइसकेको छ । महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८८ किलोमिटर छ । ‘सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर