Skip to content

प्रचण्ड पोखरा आउँदै

पोखरा, ३ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ५ गते पोखरा आउँदैछन्। उनले सोही दिन यहाँ आयोजना हुने तीज महोत्सव कार्यक्रमको उद्घाटन गर्ने छन्।

उनी पोखराबाट दिउँसो लम्जुङको भोर्लेटार प्रस्थान गरी जनभेटघाटमा सहभागी हुने र स्थानीय पार्टी कार्यक्रमहरूमा उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ।

भदौ ६ गते बिहान प्रचण्डले लम्जुङ प्रदेश अस्पतालको उद्घाटन गर्ने छन्। त्यसपछि दिउँसो १ बजे बेशीसहरमा पार्टी जिल्ला समन्वय समितिको विस्तारित बैठकमा सहभागी भएर नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।

सोही दिन उनले बेशीसहरस्थित तामाङ घेदुङ भवनको उद्घाटन गर्ने र दिउँसो करिब ४ बजे पोखरा फर्कने कार्यक्रम रहेको छ।

पोखरा फर्केपछि प्रचण्डले माओवादीका केही कार्यकर्ताले व्यवसायिक उद्देश्यले आयोजना गरेको तीज महोत्सवको उद्घाटन गर्ने र त्यसै दिन साँझ काठमाडौं फर्किने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका एक प्रदेश सचिवालय सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर