Skip to content

गोरखा मिलन समाज पोखराले खोप्लाङमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

पोखरा।गोरखा मिलन समाज पोखराले गोरखाको खोप्लाङमा निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । स्व. विष्णु कुमार श्रेष्ठको स्मृतिमा यहि फागुन २२ गते शनिबार खोप्लाङको अन्नपूर्ण मा.बिमा स्वास्थ्य शिबिर गरिने समाजका अध्यक्ष कपिल पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार पोखराको चरक मेमोरीयल हस्पिटल र गोरखाको पृथ्वीनारायण सामुदायिक अस्पतालको प्राबिधिक सहयोग रहने उक्त कार्यक्रममा हाडजोर्नी, नसा, मेरुदण्ड तथा बाथ रोग बिशेषज्ञ सेवा, स्त्री सथा प्रसुती सेवा, मेडिकल सेवा, भिडियो एक्सरे सेवा, निःशुल्क औषधी बितरण सेवा, निःशुल्क मधुमेह (सुगर) परिक्षण सेवाहरु प्रदान गरिने छ ।

पोखराको नागढुंगामा रहेको चरक मेमोरियलबाट बिशेष बिशेषज्ञ डाक्टरहरुको समेत उपस्थिति हुने हुँदा सम्बन्धीत रोगका बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउनुहुन समेत अध्यक्ष कपिल पोखरेलको आग्रह छ ।दरौदीबाट साभार

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर