Skip to content

३० हजार किलो आलुको बीउ वितरण

तनहुँ। आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । शुक्लागण्डकीको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको कृषि तथा आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । कृषकले साढे १६ लाख व्यहोर्ने गरी रु ४१ लाखको कार्यक्रम शुरु भएको उनले बताए ।

‘बीउबिजनको लागि कृषकसँग ५० प्रतिशत साझेदारी भएको छ’, पण्डितले भने, ‘तालीम र प्राविधिक ज्ञान पूर्ण निःशुल्क दिन्छौँ ।’ आधुनिक यन्त्र उपकरणमा अनुदानको व्यवस्था गरिएको उनले बताए । कार्यक्रमले आलु उत्पादन बढाएर आयात घटाउने पण्डितको भनाइ छ । गत वर्ष पनि यो वडामा उल्लेख्य मात्र आलु उत्पादन भएको थियो ।

यसपटक त झन सरकारले नै आलुखेतीमा सघाएपछि किसान उत्साहित भएका छन् । यहाँका कृषकले सामूहिक र व्यक्तिगत तरिकाले आलुखेती गरेका छन् । ‘हेपिएको कृषिलाई सरकारले प्राथमिकता दिनु सकारात्मक पक्ष हो । बीउबिजन र यान्त्रिकीकरणमा पाएको अनुदानले कृषकलाई उत्साहित बनाएको छ’, उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘अब उत्पादन भएको आलुको बजार र मूल्यको ग्यारेण्टीका लागि पनि पहल गर्दैछौँ ।’

सस्तोमा बेच्दा श्रमको मूल्य नउठाएकाले चिस्यान केन्द्र निर्माण शुरु भएको छ । चिस्यान केन्द्र निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड बजेट पठाएको छ । ‘यही आर्थिक वर्षमा चिस्यान केन्द्र सञ्चालन गर्नेछौँ । अहिले किसानले लगाएको आलुलाई चिस्यान केन्द्रमा राख्ने गरी बनाउन लागेका थियौँ, तर कोरोनाले गर्दा प्रभावित भयो’, उनले भने, ‘तर पनि वडाका किसानले उत्पादन गरेको आलु चिस्यान केन्द्रसम्म पुर्‍याउन ढुवानीको व्यवस्था गर्नेछौँ ।’

चिस्यान केन्द्रसम्म लैजाने आलु ढुवानीका लागि रु दुई लाख बजेट विनियोजन गरिएको रेग्मीले बताए । साझा पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर